काठमाडौं –पेटमा सामान्य दुखाई भएपछि अस्पताल पुगेको एक बिरामीको चेकजाँचपछि आएको रिपोर्टले सबैलाई अचम्मित पारेको छ ।
पेटमा सामान्य दुखाई महसुस भएपछि एक बिरामी अस्पताल गएका थिए । उनको अल्ट्रासाउण्डपछि आएको रिपोर्टले उनको जिवनमा अनौठो मोड लिन पुगेको छ ।
रिपोर्टमा मुटु, कलेजो, प्यान्क्रियाज सहित शरीरका सबै भित्री अंगहरू हुनुपर्ने स्थानमा नभई फरक स्थानमा पाइएको छ । अल्टा«साउन्डले यस्तो देखाएपछि उपचारमा संलग्न चिकित्सक नै अचम्ममा परेका छन् ।
भारतको उत्तर प्रदेशमा कुशीनगर जनपदको पडरौना निवासी जमालुद्दीन अन्सारीको स्थास्थ्य रिपोर्टमा यस्तो देखिएको हो । १८ सेप्टेम्बरको राती पेट दुखेको भन्दै उनी जिल्ला अस्पताल पुगेका थिए । लगत्तै चिकित्सकले उनको शरीरलाई अल्ट्रासाउन्ड गराएका थिए ।
रिपोर्टमा देखिएअनुसार, जमालुद्दीनको शरीरका सबै भित्री अंग हुनुपर्ने भन्दा विपरीत दिशामा रहेको छ । उनको मुटु देब्रेमा नभई दाहिनेतिर रहेको छ ।
२००१ मा विवाह गरेका उनले सामान्य जिवनयापन गरिरहेका छन् । तर अहिले पेटको दुखाइका कारण अस्पताल गएका उनले आफ्नै स्वास्थ्यबारे यस्तो जानकारी पाएका छन् । उनको परिवार उनको शरीर यस्तो हुनु भगवानको कृपाका कारण मानिरहेका छन् । एजेन्सी