०७ असार २०८३, आइतबार

विपन्न परिवारलाई दशैँमा नयाँ पक्की घर

विपन्न परिवारलाई दशैँमा नयाँ पक्की घर
फाइल तस्वीर

भद्रपुर –भद्रपुर नगरपालिकाले दशैँको अवसर पारेर अतिविपन्न सन्थाल परिवारलाई नयाँ पक्की घर दिएको छ ।

भद्रपुर–१ को बाहाटोलका १० घर सन्थाल समुदायलाई पक्की घर दिइएको हो ।

दुई शयनकक्ष, एउटा भान्छाकोठा, शौचालय र बण्डासहित रु चार लाख २६ हजारका दरले घर निर्माण गरिएको नगरपालिकाका इञ्जिनीयर योगेन्द्र रञ्जितकारले बताए। उनका अनुसार विपन्नताको आधारमा छनोट भएका सन्थाल परिवारलाई घर निर्माण गरी दशैँको अवसर पारेर हस्तान्तरण गरिएको हो ।

भद्रपुरको वडा नं १ र ३ मा यस वर्ष २४  घर निर्माण गरिएको भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठले बताउनुभयो । उहाँले बाँकी १४ घरको समेत निर्माणकार्य सकिनै लागेकाले तिहारअघि नै अन्य विपन्न परिवारलाई हस्तान्तरण गरिने जानकारी दिए।

वषौँदेखि माटो र खरको घरमा जीवन गुजार्दै आएका सन्थाल समुदाय दशैँको बेला नयाँ पक्की घरमा बस्न पाएपछि खुसी भएका छन् ।
 

कमेन्ट गर्नुहोस्