१४ असार २०८३, आइतबार

यासिन भट्कल लगायत चारजनालाई भारतमा मृत्युदण्डको सजाय

कात्तिक २०, २०७४
यासिन भट्कल लगायत चारजनालाई भारतमा मृत्युदण्डको सजाय
काठमाडौं, ४ पुस — इन्डियन मुजाहिद्दीनका सहसंस्थापक पाकिस्तानी नागरिक यासिन भट्कल र अन्य तीनजनालाई एनआईए अदालतले सोमवार मृत्युदण्डको सजाय सुनाएको छ ।


सन् २०१३ मा हैदराबादमा भएका दुई बम आक्रमणमा संलग्न भएको आरोपमा उनीहरूलाई मृत्युदण्डको सुनाइएको हो ।

भट्कलका अलावा असदुल्लाह अख्तर उर्फ हड्डी, तहसीन अख्तर उर्फ मोनु, जिया उर रहमान र अजाज शेख अभियुक्त थिए ।

सन् २०१३ मा हैदराबादको दिलसुखनगर क्षेत्रमा भएका दुई आक्रमणमा परी १८ जनाको ज्यान गएको थियो भने १३० जना घाइते भएका थिए ।

एनआईएले मुद्दामा अनुसन्धान गरेको थियो र इन्डियन मुजाहिद्दीनका लडाकुले नै उक्त विस्फोट गराएको निष्कर्ष निकालेको थियो । मुख्य आरोपी रियाज भट्कल भने फरार छन् ।

विस्फोटको ६ महिनापछि यासिन र असदुल्लाहलाई नेपालको सीमानजिकै बिहारबाट पक्राउ गरिएको थियो । उनीहरू नेपालमा लुकेर बसेका थिए ।

कर्नाटकमा जन्मेका यासिनले भारतमा भएका विभिन्न विस्फोटमा संलग्न भएका थिए ।

हिन्दुस्तान टाइम्स

salt training

कमेन्ट गर्नुहोस्