
काठमाडौं – प्रसिद्ध बेलायती जासूस जेम्स बोन्डको नयाँ फिल्मका लागि प्रशंसकहरू व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् ।
फिल्मको नाम नो टाइम टु डाइ राखिएको छ । डेनियल क्रेग बोन्डको भूमिकामा छन् ।
फिल्मको पहिलो पोस्टर रिलिज गरिएको छ । सामाजिक सञ्जालमा शेयर गरिएको पोस्टरमा क्रेगले जेम्स बोन्डको टिपिकल सुट टाइ लगाएको देखिन्छ । क्रेगले पाँचौंपटक बोन्डको भूमिका निर्वाह गरेका हुन् ।
नो टाइम टु डाइमा अस्कर विजेता रामी मलेक भिलेनको भूमिकामा देखिनेछन् । बोन्ड गर्ल चाहिँ क्युबाली सुन्दरी अना दे अमैस हुनेछिन् ।
फिल्म सन् २०२० को अप्रिल ८ मा रिलिज हुनेछ ।
एजेन्सी