०६ साउन २०८३, बुधबार

पारिश्रमिकबाट घाइतेलाई उचार खर्च

पारिश्रमिकबाट घाइतेलाई उचार खर्च

काठमाडाै - सडक निर्माणको काम गर्दा लडेर घाइते भएका एक जनालाई भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले रु २१ हजार उपचार खर्चस्वरुप सहयोग गरेका छन् ।  सडक निर्माणको काम गर्दै गर्दा लडेर घाइते गाउँपालिका ४ का अम्मरबहादुर सिंहलाई आफूले गाउँपालिकाबाट पाउने पारिश्रमिकबाट उपचार खर्च सहयोग गरेको अध्यक्ष थापाले बताए । 
यसअघि आफूले गाउँपालिकाबाट पाउने सम्पूर्ण तलब गाउँमा रहेका गरीब, दलित, अपाङ्गता भएका र द्वन्द्वपीडितलाई सहयोग गर्नेे घोषणा गरेका उनले पाँच महिनाको तलब द्वन्द्वपीडित र असहाय बालबालिकाको पढाइमा सहयोग गरेका थिए । 
यसैबीच  भैरवी गाउँपालिकाले गाउँका दुर्गम स्थानमा पुगेर महिलाको स्वास्थ्यावस्थाको जानकारी लिन गाउँपालिकाभरिका ५५  महिला स्वास्थ्य स्वयंसेविकालाई  जनही रु १० हजारका दरले दशैँ खर्च उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए। रासस

salt training

कमेन्ट गर्नुहोस्