
काठमाडौं – रुसको केमेरोभो माइनिङ यान्ड इन्जिनीयरिङ कलेजका विद्यार्थीहरूले गणित शिक्षिका युलिया स्कुरातोभालाई गोप्य पोर्न अभिनेत्री भनी आरोप लगाएर जागिर छोड्न बाध्य बनाएका छन् ।
किशोर विद्यार्थीहरूले पोर्न अभिनेत्रीसँग अनुहार मिल्ने भएकै कारण आफूलाई ब्ल्याकमेल गरेको उनको आरोप छ ।
उनीहरूले एउटा पोर्न फिल्मको क्लिप देखाएर त्यसमा देखिएकी महिला तपाईं नै हो भनी उनीहरूले र्याखर्याखती पारे ।
शिक्षिकाले आफू त्यो महिला नभएको भनी कडा रूपमा सुनाएपनि त्यससँग आफ्नो अनुहार मिल्ने चाहिँ स्वीकारिन् ।
त्यसपछि विद्यार्थीहरूले उनलाई भिडियोको विषयमा ब्ल्याकमेल गर्न खोजे ।
उनले तिनीहरूलाई नगद दिन अस्वीकार गरेपछि उनीहरूले सामाजिक सञ्जालमा शिक्षिका गोप्य पोर्न अभिनेत्री भएको आरोप लगाए ।
त्यसपछि त्यसको खबर साइबेरियाको केमेरोभोभरि फैलियो । शिक्षिकालागि जागिर छोड्नका लागि दबाब दिँदै फोन कलहरू आए ।
दश वर्ष शिक्षण अनुभव हासिल गरेकी युलियाले यी आरोपका कारण निकै तनाव खेप्नुपर्यो र उनलाई कलेज पनि समर्थन गरेन । त्यसपछि उनले जागिर त्याग्ने निर्णय लिइन् ।
कलेजका प्रवक्ताले स्कुरातोभाले जागिर छोडेको अनि आरोपितहरूमाथि कारवाही गरिएको नगरिएको विषयमा केही पनि बोल्न मानेनन् ।
स्कुरातोभाले पनि यस विषयमा बोल्न मानेकी छैनन् ।
उनलाई गलत आरोप लगाएर जागिर छोड्न बाध्य बनाइएको उनका एक समर्थकले बताए ।
एजेन्सी