०५ असार २०८३, शुक्रबार

भ्यागुताले चपायो सर्प !

भ्यागुताले चपायो सर्प !

काठमाडौं – बेलायतको योर्कशायरमा एउटा भ्यागुतोले सर्पलाई टाउकोपट्टिबाट चपाएको अनौठो तस्वीर खिचिएको छ । 

टपहिल लो नेचर रिजर्भमा उक्त भ्यागुतोले १८ इन्च लामो घाँसे सर्पलाई चपाएको हो । 

सामान्यतया सर्पले भ्यागुता खान्छ तर यस घटनामा भ्यागुतोले मुख खोलेर सर्पको टाउको चपाएको छ । 

सर्पले फुत्किनका लागि छटपटाएको भए पनि भ्यागुतोले आफूलाई स्थिर राखेर सर्प चपाइरह्यो । 

पछि सर्प शान्त भयो र हार मानेको जस्तो गर्‍यो । 

तर अचानक भ्यागुतोले सर्पलाई थुकिदियो र एकातिर गयो । स्तब्ध भएको सर्प एकछिन त्यत्तिकै बस्यो र पछि घस्रिँदै गयो । 

जोन बर्नार्डले यो अनौठो दृश्यको तस्वीर सेप्टेम्बर १५ मा खिचेका हुन् । उनी त्यतिखेर भ्यागुतोले झ्यालिञ्चाको शिकार गरेको दृश्य हेरेर बसिरहेका थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्