
काठमाडौं–यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले सभामुखको सरकारी निवास बालुवाटारबाटै नियन्त्रणमा लिएको छ ।
काठमाडौं जिल्ला अदालतको स्वीकृतिपछि महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले महरालाई आइतवार नियन्त्रणमा लिएको हो ।
उनलाई एउटा निजी कारमा बाहिर निकालिएको छ । महराले प्रहरीको गाडीमा जान नमान्दा बाहिर निकाल्न केही ढिलाइ भएको थियो ।
महरामाथि संसद् सचिवालयमै काम गर्ने एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप छ ।
ती महिलाले प्रहरीमा किटानी जाहेरी समेत दिइसकेकी छन् ।