०२ असार २०८३, मंगलबार

भिकारीको खाताबाट निकालियो यति धेरै रकम, खाली भयो बैंक

भिकारीको खाताबाट निकालियो यति धेरै रकम, खाली भयो बैंक

काठमाडौं – अस्पतालको छेउछाउ या अन्य सडकको छेउछाउमा माग्न बस्ने भिकारीसँग कति रकम हुन्छ ? तपाईंले कहिल्यै सोच्नुभएको छ ?

भिकारीसँग कति रकम हुन्छ भन्ने बारे यो खबर सुन्दा तपाईं अचम्ममा पर्न सक्नुहुन्छ । 

एक भिकारीले आफ्नो बैंक खाताबाट यति धेरै रकम निकालेको छ कि जसका कारण बैंक नै खाली भएको छ ।  

एक भिकारीको खातामा ६.३७ करोड भारतीय रुपैयाँ भएको खुलासा भएको छ । यस्तो खबर बाहिरिएपछि अहिले उक्त भिकारीको संसारभर चर्चा भैरहेको छ । 

यो घटना लेबनानको सीदोन शहरको हो । यहाँ एक प्रसिद्ध अस्पतालको छेउमा वाफा मोहम्मद नाम भएकी महिला दिनभर भिख माग्छिन् ।

विगत दश वर्ष अघिदेखि उनले भिख मागेरै जिवन गुजारा गरिरहेकी छिन् ।

रिपोट्सका अनुसार, उनले आफ्नो पैसाको एक बैंकबाट अर्को बैंकमा ट्रान्सफर गर्न गएकी थिइन् ।

त्यसपछि बैंकमा रकम सकियो, यसपछि उनको २ वटा चेक अहिले सञ्जालमा भाइरल भइरहेको छ ।

उनको दुवै चेक ३० सेप्टेम्बर २०१९ मा काटिएको छ । चेक भाइरल भएपछि यस घटनाको रहस्य खुलेको हो । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्