चितवन, २१ चैत - नारायाणघाट–मुग्लिन सडक खन्ड अन्तर्गत घुमाउने भन्ने स्थानमा सडक माथिबाट माटोको सुख्खा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने उद्वार कार्य पनि चलिरहेको छ ।
काठमाडौं, २१ चैत – नारायणगढ — मुग्लिन सडक खण्ड अन्तर्गतको चितवनको कविलास भन्ने ठाउँमा सडक माथिबाट सुख्खा पहिरो झरेको छ । भरतपुर उममहानगरपालिका २९, मुग्लिनबाट १३ किलोमिटर नारायणगणतर्फ पर्ने ठाउँमा सो पहिरो झरेको हो ।
पहिरोमा परेर चार वटा गाडी पुरिएको प्रहरीले जनाएको छ । पहिरोबाट दुई जनालाई उद्वार गरिएको प्रहरीले जनाएको छ ।
पहिरोमा चारवटा गाडी र पाँच मोटरसाइकल पहरोमा पुरिएकाे चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले बताए ।
पहिरोमा टाटा मोबाइल भ्यान, ट्यांकर, कार, ट्रक र पाँच मोटरसाईकल पुरिएका छन् । पुरिएकाहरुको उद्वारको लागि तीनवटै सुरक्षा निकाय तथा स्थानीयहरुलाई परिचालन गरिएको छ ।