१४ असार २०८३, आइतबार

मगन्तेको मृत्युपछि घर खानतलाश गरिँदा भेटियो लाखौं रुपैयाँ !

मगन्तेको मृत्युपछि घर खानतलाश गरिँदा भेटियो लाखौं रुपैयाँ !

काठमाडौं – भारतको मुम्बईमा गोवन्डी रेलवे स्टेसनमा एक मगन्तेलाई लोकल ट्रेनले हिर्काएपछि शुक्रवार मृत्यु भएको छ । 

रेलवे प्रहरी मगन्तेको परिवारका मानिसलाई खोज्न उसको घर जाँदा तीनछक्क परे । 

रेलवे प्रहरीले झुप्रोबाट पैसाका बोरा र थैली फेला पार्‍यो । त्यसमा लगभग दुई लाख भारु बराबरका सिक्का र क्याश थिए । त्यसलाई गन्न प्रहरीलाई आठ घन्टा लाग्यो । 

मगन्तेको घरमा बैंकको पासबूक पनि फेला परेको छ । त्यहाँ ८ लाख ७७ हजार भारु जम्मा गरिएको रसीद छ । मगन्तेको नाम बिरभिचन्द आजाद हो र उनी मुम्बईको लोकल ट्रेनहरूमा भिक्षा माग्थे । 

शुक्रवार रेलवे लाइन क्रस गर्दा ट्रेनले ठोकिएर उनको मृत्यु भयो । रेलवे प्रहरीले आजादको झुप्रोबाट आधार कार्ड, प्यान कार्ड र जेष्ठ नागरिक कार्ड फेला पारेको छ ।

मगन्तेका छिमेकीहरूले आजादसँग उनको परिवार पनि बस्ने गरेको तर पछि गएर परिवार अन्तै गएको र ऊ एक्लै बस्न थालेको बताए । 

प्रहरीले मगन्तेको घरबाट भेटिएका पैसा जफत गरेको छ । आधार कार्डमा लेखिएको ठेगाना खोज्दै प्रहरीलाई राजस्थान पठाइएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्