
चाडबाडको अवसरमा हुनसक्ने चोरीनिकासीलाई मध्यनजर गर्दै नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । नेपाली सेनाको बटुक दल गण र चितवन राष्ट्रिय निकुञ्जले संयुक्त रूपमा विशेष सुरक्षा कार्यक्रम कार्यान्वयन गरेको हो ।
हेर्नुहाेस् तस्वीमा नेपाली सेनाकाे सुरक्षा :




हात्ती, मोटरसाईकल, गाडी, डुंगा र साईकलको सहायताले सेनाले निकुञ्जको विशेष सुरक्षा गरेको गरिरहेको छ । चाडबाडको अवसरमा चोर तथा तस्करहरू सक्रिय रहन सक्ने अनुमानमा निकुञ्जले सेनाको सहभागितामा विशेष सुरक्षा कार्यक्रम अपनाएको हो ।
सो कार्यक्रमबाट राष्ट्रिय निकुञ्जमा हुनसक्ने चोरीनिकासी रोकिने निकुञ्जले अनुमान गरेको छ ।