
काठमाडौं–दशैंको शुभकामना बाँड्न प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । झापाको दमकमा आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा ओली सहभागी भएका छन् ।
कार्यबहाक सभामुख डा. शिवमाया तुम्बाहाम्फे, नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला लगायत नेताहरू, प्रदेश सरकारका मन्त्रीहरू पनि कार्यक्रममा सहभागी भएका छन् ।
सिंगापुरमा स्वास्थ्य उपचार गराएर फर्केपछि ओली पहिलोपटक गृहजिल्ला पुगेका हुन् ।
