
काठमाडौं – हलिउड अभिनेत्री एन्जेलिना जोलीको जस्तो अनुहार बनाउनका लागि प्लास्टिक सर्जरी गरेकी इरानी महिला सहर तबरलाई नैतिक अपराधको आरोपमा पक्राउ गरिएको छ ।
तेहरानको पथनिर्देशक अदालतले उनलाई सांस्कृतिक अपराध र सामाजिक तथा नैतिक भ्रष्टाचारका लागि पक्राउ गर्ने आदेश दिएको तस्निम समाचार संस्थाले जनायो ।
उनीविरुद्ध ईश्वरनिन्दा, हिंसा भड्काउने प्रयास, अनुपयुक्त माध्यमबाट आयआर्जन तथा युवाहरूलाई भ्रष्टाचार गर्न प्रेरित गरेको आरोप छ ।
तबरले पोहोर साल प्लास्टिक सर्जरीमार्फत अनुहार एन्जेलिना जोलीको जस्तो बनाएर तस्वीरहरू इन्स्टाग्राममा अप्लोड गरेकी थिइन् ।
उनका २६ हजार ८०० फलोअर छन् र उनका अधिकांश फोटा र भिडियोहरू धेरै नै सम्पादन गरिएका छन् । उनलाई एन्जेलिना जोली जस्तो देखाउन सम्पादन गरिएको हो ।
उनको पातलो अनुहार, उठेका ओठ र बांगो नाक सहितका तस्वीरहरू पाइन्छन् ।
इरानमा उपलब्ध ठूलो सामाजिक सञ्जाल भनेको इन्स्टाग्राम मात्र हो । फेसबूक र ट्विटर लगायतमा प्रतिबन्ध लगाइएको छ ।
एजेन्सी