![यी महिलाले कुकुरका लागि छाडिन् पतिलाई, कारण छ भावुक [भिडियो]](https://lktcdn2.prixacdn.net/media/exboyfriend-abuse-dog_kOPDYmcbbR.jpg)
काठमाडौं — ब्राजिलमा एक महिलाले आफ्नो प्रिय कुुकुरका लागि पतिलाई छोडिदिएकी छन् । रियो दे जेनीरोमा बस्ने नीनालाई आफ्ना पतिले आफूलाई जति नै कुकुरलाई पनि प्रेम गर्ने विश्वास थियो तर त्यो विश्वास गलत रहेछ ।
एक दिन नीनाले आफ्ना दुवै कुकुरको शरीरमा अचम्मका दाग देखिन् । उनले कुकुरहरूलाई पशुचिकित्सककहाँ लगिन् तर दागको कारण पत्ता लागेन ।
त्यसपछि महिलाले साथीको सल्लाहमा घरमा क्यामरा लगाइन् । एक दिन क्यामराको फूटेज हेर्दा पो थाहा भयो, उनका पतिले कुकुरलाई बेस्सरी पिट्दा रहेछन् । उनले पिटिरहने भएकाले कुकुरहरूको शरीरमा दाग देखिएको रहेछ ।
त्यसपछि महिलाले जिन्दगीकै ठूलो निर्णय लिँदै एक झड्कामा बिहे तोडिन् ।
नीनाले कुकुरहरूलाई पतिले यातना दिएको भिडियो फेसबूकमा समेत अपलोड गरेकी छन् । आफूले घरमा प्रेम र स्नेहका साथ सत्कार गरेको तर उसले बेसहारा र मूक प्राणीमाथि अत्याचार गरेको लेखिन् ।
एजेन्सी