२३ असार २०८३, मंगलबार

पत्नीले अरू सँगै सम्बन्ध बनाएपछि पतिले गरे दुई बच्चासहित आत्महत्या

पत्नीले अरू सँगै सम्बन्ध बनाएपछि पतिले गरे दुई बच्चासहित आत्महत्या

काठमाडौं –श्रीमतीले धोका दिएपछि एक युवकले दुई बच्चा सहित आत्महत्या गरेका छन् । उनले दुई बच्चाको साथमा एक भवनको नवौं तलबाट हामफालेको बताइएको छ ।

रूसको सारातोवमा बस्ने ३० वर्षिय रोमन मिखइलोवकी पत्नीले त्यस दिन पारपाचुके गर्ने मनसायमा रहेकी थिइन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार, रोमनले आफ्नो र दुई बच्चाको साथ बालकनीमा उभिएर एक तस्वीर खिचेर आफ्नी पत्नीलाई पठाएका थिए ।  

उसकी पत्नी –इरिना)ले तस्वीर देखेपछि घर फर्किन् तर त्यतिखेर उनीहरूको मृत्यु भइसकेको थियो । उनीहरूमध्ये पति रोमन र नवजात शिशु आर्तियोमको घटनास्थलमै मृत्यु भएको थियो भने चार वर्षिया छोरी सोफियाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।  

उनले लेखेको सुसाइड नोटमा पत्नी इरिनाका कारण यस्तो भएको लेखिएको छ ।  एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्