३१ जेठ २०८३, आइतबार

छेँगुताला हत्यामा संलग्न तीनजना सार्वजनिक

कात्तिक २०, २०७४
छेँगुताला हत्यामा संलग्न तीनजना सार्वजनिक

भक्तपुर, २१ चैत - भक्तपुर नगरपालिका–१३ कोलाछे बस्ने बर्ष २६ को रत्नसुन्दर छेँगुतालाको हत्यामा संलग्न रहेको आशङ्कामा पक्राउ परेका तीनजनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

गत माघ २९ गते फागु पूर्णिमाका दिन बा ६१ प ६१८३ नं को स्कुटरमा राम मन्दिरबाट तौमढी हुँदै भक्तपुर नगरपालिका–१० व्यासी बस्ने वर्ष २६ की रेनुका भन्ने दिलीमैया सुवाललाई घर पु¥याउन जाँदै गर्दा छेँगुतालालाई आक्रमण भएको महानगरीय परिसर, भक्तपुरका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिनुभयो ।

छेँगुतालालाई भक्तपुर नगरपालिका–१२ तौमढी नजिक बुल्चास्थित सडकमा छेँगुतालाको छातिमा धारिलो हतियार प्रहार गरेर हत्या भएको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले हत्या आशङ्कामा स्कुटरमा सवार दिलीमैँया सुवाल, भक्तपुर नगरपालिका–१४ मङ्गलाछे बस्ने बर्ष २२ को मनोज कपाली तथा सोही ठाउँको वर्ष १७ को किशोर दुवाललाई पक्राउ गरी अनुसन्धान जारी राखेको उहाँले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्