एजेन्सी- सुपरस्टार रजनीकान्त ठूला पर्दामा विभिन्न भूमिकामा देखिन्छन् । मानिसहरूले उनको एक्शन/कलालाई निकै मन पराउँछन् ।
हरेक भूमिकामा जीवन्त अभिनय गर्ने अभिनेता रजनीकान्तको अधिकांश फिल्ममा जबरजस्त एक्शन सीनहरू देखिन्छ । यद्यपि वास्तविक जीवनमा उनी एक अलग मानिस हुन् ।
रजनीकान्त सादा जीवन बिताउँछन् । र धार्मिक पनि छन् । यतिबेला उनी हिमालयको यात्रामा निस्केका छन् ।
रिपोर्टका अनुसार रजनीकान्त एक तीर्थयात्राका लागि हिमालय निस्किएका छन् ।
उनको यो यात्रा कूल १० दिन हुनेछ ।
यसबीचमा उनी केदारनाथ, बद्रीनाथ र बाबा टेम्पल पनि जानेछन् ।