१५ असार २०८३, सोमबार

मिनीट्रक दुर्घटनामा १७ जना घाइते

मिनीट्रक दुर्घटनामा १७ जना घाइते

कटारी- कटारी नगरपालिकाको भोर्लेनीमा आइतवार एउटा मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार रिस्कुबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनीट्रक कटारी ५ भोर्लेमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

कटारी–१० का २० वर्षीया वीना विक र सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ३० वर्षीया कल्पना विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताएका छन् । उनीहहरूको उपचारका लागि तत्काल विराटनगर पठाएको इलाका प्रहरी कटारीले बताएको छ ।

अन्य घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचार पछि अहिले विराटनगर तथा सुनसरीको धरान उपचारको लागि रिफर भइरहेको पनि प्रहरीले बताएको छ । सवारी साधनका चालक फरार रहेको कारण उनको खोजी भइरहेको पनि प्रहरीले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्