०९ साउन २०८३, शनिबार

कांग्रेसका नेताहरूसँग मेरो चार दशक बढीको मित्रता छ - प्रधानमन्त्री ओली

कांग्रेसका नेताहरूसँग मेरो चार दशक बढीको मित्रता छ - प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सम्बन्ध नबिग्रिएको स्पष्ट पारेका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका नेताहरूसँग आफ्नो चार दशकभन्दा बढीको मित्रता रहेको बताएका हुन् । 

'यस्ता कार्यक्रमहरूले राजनीतिक दलका बीचमा कटुता भएपनि समाप्त पार्छ,' ओलीले भने, 'शेरबहादुर देउवा, रामचन्द्र पौडेल मेरा ४५ वर्ष पुराना साथीहरू हुनुहुन्छ ।'

प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि आफूहरू सँगै लडेको उल्लेख गरे । 'लोकतन्त्रका लागि हामी सँगै लडेका हौं,' ओलीले भने, 'हाम्रा साझा प्रतिबद्धताहरू छन् । हाम्रो सम्बन्ध राम्रो छ, यदि बिग्रिहाल्यो भनेपनि यस्ता चाडपर्वमा आयोजना गरिने कार्यक्रमहरूले सुधार गर्छन् ।' 

कांग्रेसले सरकारलाई लोकतन्त्र मास्न खोजेको आरोप लगाइरहेको छ नि ! भन्दै सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले भने, 'यो शुभकामना आदान प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा यस्ता धुलोचक्मा लगाउने काम नगरौं ।'

salt training

कमेन्ट गर्नुहोस्