०८ असार २०८३, सोमबार

सर्कसको विज्ञापनमा ग्वाँ ग्वाँ रोयो कालो भालु (भिडियो)

सर्कसको विज्ञापनमा ग्वाँ ग्वाँ रोयो कालो भालु (भिडियो)

काठमाडौं – रुसमा एक सर्कसको विज्ञापनमा कालो भालु रोएको हृदयविदारक भिडियो उपयोग गरिएपछि आक्रोश फैलिएको छ । 

सानो भालुको पछाडिको खुट्टा अस्पतालको पर्खालमा बाँधिएको थियो र त्यो घुमन्ते सर्कसको विज्ञापनमा उपयोग गरिएको छ । 

हिमालय क्षेत्रको कालो भालु पीडामा देखिन्छ र स्थानीयहरूका अगाडि ग्वाँ ग्वाँ रुन्छ । 

अन्लाइनमा भिडियोको कडा विरोध भयो । ‘सानो भालु रोइरहेको छ, ऊ खुशी छैन,’ एकजनाले टिप्पणी गरे । 

उक्त जनावर कि भोको कि घाइते हुनुपर्ने दाबी गरिएको थियो । 

‘यो क्रूरता हो र सर्कसहरूलाई प्रतिबन्ध गरिनुपर्छ,’ एक व्यक्तिले भने । 

तर स्थानीय अधिकारी एलेना स्टेपानोभाले भालु कराएको कुरालाई हाँसोमा उडाइन् र घुमन्ते सर्कसको प्रतिरक्षा गरिन् । 

भालुले गीत गाइरहेको र सानी केटीको जस्तो व्यवहार गरेको बताउँदै पीडामा रहेको कुरा अस्वीकार गरिन् । 

स्टेपानोभाले बालबालिका सर्कस शोमा रमाइरहेको र यो भालु सहित अरूको प्रस्तुति हेरेको रमाएको बताइन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्