०८ असार २०८३, सोमबार

वन्यजन्तु फोटोग्राफरलाई देखेर बेस्सरी गर्जियो सिंह अनि हाँस्यो

वन्यजन्तु फोटोग्राफरलाई देखेर बेस्सरी गर्जियो सिंह अनि हाँस्यो

काठमाडौं – केन्यामा एक सिंहको तस्वीर खिच्न गएका वन्यजन्तु फोटोग्राफर अलिक नजिक पुग्दा सिंह पहिला त बेस्सरी गर्जिन्छ अनि फेरि मुसुक्क हाँस्छ । 

ग्रेन सोवेरबी मासइ मारामा सिंहनजिक पुग्दा सिंह दाँत देखाएर गर्जिन्छ । 

उनी तर्सिन्छन् तर तस्वीर खिचिरहन्छन् । अनि सिंह मुस्काउँदा फोटोग्राफर छक्क पर्छन् । 

सिंहले गर्जेर ‘म जंगलको राजा हुँ’ भनेको ग्रेनले बताए । अनि पछि चाहिँ जिस्कने हिसाबमा उसले ‘अहिले पेट टन्न छ’ भनेको हुनुपर्ने उनले बताए । 

सिंह त्यतिखेर सिंहिनीसँग सानो खोल्सो तरिरहेको थियो र फोटोग्राफर त्यसको १० देखि १५ मिटर टाढा थिए । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्