
आजकल धेरै मानिसमा तालु खुइलिने समस्या छ । महिला र पुरुष दुवैमा यस्तो समस्या देखिन्छ ।
तनावमा हुँदा वा तौल कम हुँदा अनि कुनै गम्भीर रोग लाग्दा मानिस तालु खुइलिने समस्यामा पर्छन् । तालु खुइलिने समस्या हटाउनका लागि महंगो ट्रीटमेन्ट वा ट्रान्सप्लान्टेसनको सहारा लिन्छन् ।
तर क्यास्टर (अरण्डी) को तेलले यो समस्या सजिलै समाधान गरिदिन्छ ।
राति सुत्नुअघि क्यास्टर तेललाई टाउकोमा हलुका हातले मसाज गर्नुस् र त्यसपछि कपाल छोपेर हलुका गरी बाँध्नुस् । यसो गर्दा तेल मज्जाले कपालमा बस्छ ।
कपालमा मात्रै चाहिँ यसलाई नरगड्नुहोला । कपाल धुँदाखेरी फेरि ननिस्केर समस्या आउँछ ।
क्यास्टर तेल हप्तामा कम्तीमा दुईचोटि प्रयोग गर्नुपर्छ । सातचोटि जस्तो प्रयोग गरेपछि त्यसको असर देखिन्छ ।
क्यास्टर तेल गाढा हुने गरेकाले यसलाई पातलो बनाएर मात्र टाउकोमा मसाज गर्नुस् । पातलो बनाउनका लागि नरिवल वा बदामको तेल मिसाउन सक्नुहुन्छ ।
यसमा भएको रिसिनोलिईक एसिड तथा ओमेगा–६ फ्याट्टी एसिडले तालु खुइलिने समस्या समाधान गरिदिन्छ ।
यसमा भएका एन्टीभाइरल, एन्टीब्याक्टेरियल र एन्टी फंगल तत्त्वले कपाललाई मोइस्चराइज गरेर घना र कालो बनाउँछन् र कपाललाई फुस्रो हुन पनि दिँदैनन् ।
तालु खुइलिने कारणहरू
उमेर बढ्दै जाँदा तालु खुइलिने समस्या आइलाग्छ ।
महिलाहरूमा यो समस्या हर्मोन असन्तुलन, कपालको जरा कमजोर हुने, चायाँ, धेर क्रोध, तनाव, धेर सोच्ने, धेर तातो खाने, चिसो कपालमा काइँयो लगाउँदा, कपाल छोपेर राख्दा अनि पर्याप्त निद्रा नपुग्दा तालु खुइलिन थाल्छ ।
पुरुषहरूमा यो समस्या टेस्टोस्टेरोन हर्मोनको कमी, काइँयो नलगाउने, मनतातो पानीले कपाल धुँदा, ड्रायरले कपाल सुकाउँदा, डिप्रेसन, तनाव, माइग्रेन र तौलको कमीका कारण तालु खुइलिन्छ ।
क्यान्सरमा केमोथेरापी गर्दा पनि कपाल झर्छ ।
वंशाणुगत रूपमा पनि यो रोग सर्छ ।
आहारमा प्रोटीन र आइरनको कमी हुँदा पनि तालु खुइलिने समस्या आउँछ ।
एजेन्सी