२३ जेठ २०८३, शनिबार

सी भ्रमण : ९०० मेगावाटका दुई आयोजनामा हस्ताक्षर

असोज २७, २०७६
सी भ्रमण : ९०० मेगावाटका दुई आयोजनामा हस्ताक्षर

काठमाडौं –  चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको अवसर पारेर नेपालको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र चीन सरकारको स्वामित्व रहेको पावर चाइनाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

७५६ मेगावाटको तमोर र १५६ मेगावाटको माडी जलाशययुक्त आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग समझदारी भएको हो । 

काठमाडौंमा आइतबार आयोजित कार्यक्रमबीच एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र पावर चाइनाको तर्फबाट पाद देनयुले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सार्वजनिक निजी साझेदारीमा दुवै आयोजना निर्माण गर्ने समझदारीमा हस्ताक्षर भएको पोखरेलले बताए ।

उनका अनुसार दुवै आयोजनाको अध्ययन २ वर्षभित्र सकेर निर्माणमा जाने समझदारी छ । कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन, ऊर्जा सचिव दीनेश घिमिरे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी पनि उपस्थित थिए ।

बोर्डले ७ सय ५६ मेगावाटको तमोर निर्माणका लागि एचआईडीसीएल र पावर चाइनाको संयुक्त उपक्रम (जेभी) लाई अनुमति दिएपछि दुई कम्पनीले समझदारीमा हस्ताक्षर गरेका हुन् । तमोर आयोजनामा नेपाली कम्पनी एचआईडीसीएल र पावर चाइनाको कति कति प्रतिशत स्वामित्व रहने, ऋण कसले दिने जस्ता विषय नटुंग्याएको पोखरेलले बताए ।

‘अहिले समझदारी गरेका छौं,’ उनले भने, ‘कसको कति प्रतिशत स्वामित्व हुने भन्ने विषय आयोजना विकास सम्झौता (पीडीए) मा समेटिन्छ ।’ नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको तमोर जलाशययुक्त आयोजनालाई बोर्ड मातहत लगिएको हो । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्