०२ असार २०८३, मंगलबार

सरकार हल्लाउने निधि र कमल थापा

कात्तिक २०, २०७४
सरकार हल्लाउने निधि र कमल थापा
काठमाडौं, २२ चैत- प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीको वरियताक्रम विवाद र प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योलका कारण तीन सातादेखि मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् ।
प्रधानमन्त्रीको चीन भ्रमणअघि गत चैत २ गतेयता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा मन्त्रिपरिषद् कार्यालयमा निर्णयका लागि फाइलको चाङ लागेको छ ।
प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार तीन सातादेखि बैठक बस्न नसक्दा सरकारले नियमित रूपमा गर्नुपर्ने निर्णयको फाइलसमेत थन्किएका छन् । 'सरकारले नियमित रूपमा निर्णय गर्नुपर्ने विषय सातामा १५-२० वटा हुन्छन्', ती सचिवले भने, 'तीन सातादेखि बैठक बस्न नसक्दा फाइल थपिँदै गएका छन् भने कतिपय निर्णय गर्नैपर्ने विषयमा समेत सरकार मूकदर्शक बनेको छ ।'
प्रधानमन्त्री दाहालले आइतबार मन्त्रिपरिषद् बैठक सोमबार बस्ने बताएका थिए तर सोमबार पनि बैठक बस्न सकेन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीले आवश्यक देखेको समयमा हुने बताए । 'मन्त्रिपरिषद् बैठक बोलाउन आवश्यक देखेपछि प्रधानमन्त्रीजीले बोलाउनुहुन्छ', आचार्यले भने, अन्नपूर्णमा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्