०४ असार २०८३, बिहीबार

बिकिनी लगाउने महिला पर्यटक प्रहरीको नियन्त्रणमा

बिकिनी लगाउने महिला पर्यटक प्रहरीको नियन्त्रणमा

काठमाडौं –धागोजस्तै देखिने बिकिनी लगाएर भ्रमण गरिरहेकी एक महिला पर्यटकलाई फिलिपिन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

फिलिपीन्सको आइल्याण्डमा प्रहरीले ती महिला पर्यटकलाई नियन्त्रणमा लिई जरिवाना समेत तिराएको छ । 

स्थानीय मानिसहरूले ती महिला पर्यटकको तस्वीर खिचेर सामाजिक सञ्जालमा शेयर गरेका थिए । त्यसपछि प्रहरीले २६ वषिर्या लिन जू तिंगलाई नियन्त्रणमा लिई कारबाही गरेको हो । 
ती महिला पर्यटक ताइवानको भएको समेत एजेन्सीले बताएको छ ।  

प्रहरीले ती महिला पर्यटकलाई पक्राउ गरेपछि ३ हजार ४ सय भारतीय रुपैयाँ तिराएर मात्रै उनलाई रिहा गरिने जनाएको छ । प्रहरीले भनेको छ, ‘जरिवानास्वरुप उनले ३ हजार ४ सय भारतीय रुपैयाँ नतिरेसम्म हामी छोड्दैनौं ।’

एजेन्सीका अनुसार, लिन आफ्नो प्रेमीसंग फिलिपीन्स घुम्न गएकी थिइन् । उनी बिकिनी पहिरिएर दुई पटक समुद्रतर्फ गएकी थिइन् ।

उनलाई ताइवानको अश्लीलता सम्बन्धी कानूनबमोजिम पक्राउ गरिएको हो । 

स्थानीय प्रहरी प्रमुख जेस बेलोनले भनेका छन्, ‘महिलाको कपडाबारे स्थानीय मानिसहरूले तस्वीर खिचे । उनको कपडा धागोजस्तै थियो । हाम्रो कन्जरभेटिभ कल्चरमा यो स्विकार्य हुँदैन ।’  एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्