२८ जेठ २०८३, बिहीबार

अहिलेसम्मकै ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खोल्ने लोक सेवाको तयारी

असोज २७, २०७६
अहिलेसम्मकै ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खोल्ने लोक सेवाको तयारी

काठमाडौँ -लोक सेवा आयोगले अहिलेसम्मकै ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खुलाउने तयारी गरेको छ ।

करीब ६ सयको हाराहारीमा विज्ञापन खुलाउन लागेको स्रोतले लोकान्तरलाई बतायो ।

लोक सेवाले सहसचिवमा निजामतितर्फ १ सय ९५ र स्वास्थ्यतर्फ ३५ जना र करीब ४ सयको संख्यामा उपसचिवको विज्ञापन खुलाउने तयारी गरेको छ ।

आन्तरिक बढुवा र खुला प्रतिस्पर्धा दुवैमा गरेर ६ सयको विज्ञापन खुलाउने लोक सेवाको तयारी रहेको स्रोतले लोकान्तरलाई बतायो ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बुधवार विज्ञापन खोल्ने आयोगको तयारी रहेको पुष्टि गरे । तर संख्या यकिन नभएको सुवेदीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्