३२ असार २०८३, बिहीबार

विमानको प्रोपेलरले छिनायो यी महिलाको हात

विमानको प्रोपेलरले छिनायो यी महिलाको हात

काठमाडौं – अमेरिकाको फ्लोरिडामा एक महिला विमानबाट निस्कँदै गर्दा विमानको प्रोपेलरले हात छिनाइदिएको छ । विमान त्यतिखेर उडानका लागि तयार थियो । 

लीन ग्रे र उनका पति वाल्टर शनिवार बेलुका पौने ९ बजेतिर की वेस्ट अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा उनीहरू चढेको सिंगल इन्जिन विमान अड्कियो । 

वाल्टर विमान चालक हुन् र उनले विमान किन अड्कियो भनी बुझ्नका लागि त्यसको इन्जिन खुला राखेको मोनरो काउन्टी शेरिफको कार्यालयले बतायो । 

उनले विमानको टायरको अगाडि राखिने ह्वील चोकले चक्का अड्काएको हो कि भनी हेरे ।

त्यसक्रममा उनले पत्नीलाई विमानभित्रै बसिरहन भनेका थिए । तर उनले अड्केको चक्का खुला बनाउनक लागि सहायता गर्ने उद्देश्यले बाहिर निस्कँदा विमानका प्रोपेलरहरूले हातै छिनाइदिए । 

हात काटिएपछि उनलाई मियामीको अस्पतालमा विमानबाट लगिएको थियो । 

उनको अवस्था स्थिर रहेको बताइएको छ ।

विमान खासमा किन उड्न सकेन भन्ने विषय अधिकारीहरूले पनि थाहा पाएनन् । फ्लोरिडा राजमार्ग गश्तीले यसमा अनुसन्धान गरिरहेको छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्