०८ असार २०८३, सोमबार

राजकीय भ्रमणका लागि राष्ट्रपति म्यानमार जाने

असोज २८, २०७६
राजकीय भ्रमणका लागि राष्ट्रपति म्यानमार जाने

काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा यही असोज २९ गते म्यानमार भ्रमणमा जाने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका क्रममा म्यानमार जान लागेकी हुन् ।

 म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जान लागेको मन्त्रालयले जनाएको छ । 

म्यानमारमा रहँदा उहाँले त्यहाँका राष्ट्रपतिसँग द्विपक्षीय हितका सम्बन्धमा छलफल गर्नेछिन्।

राष्ट्रपति भण्डारीलाई म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकीले स्वागत गर्नेछिन्। राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा म्यानमारका राष्ट्रपतिले स्वागत समारोहसहित रात्रिभोज आयोजना  गर्ने कार्यक्रम छ ।  गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्