
काठमाडौं – खुकुरी प्रहारबाट घाइते बनाएको आरोपमा प्रहरीले काठमाडौंको सिनामंगलबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीको टोलीले सोमवार सिनामंगलबाट विक्रम लिम्बुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।
गत फूलपातीको दिन राती लिम्बुले नरेश देउजालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट उनको एउटा हात छिनेको र अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको समेत प्रवक्ता बोगटीले बताए ।
उनका अनुसार, लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।