२३ जेठ २०८३, शनिबार

घरेलु काममा बाल श्रमिकको प्रयोग बढ्दो

कात्तिक २०, २०७४
घरेलु काममा बाल श्रमिकको प्रयोग बढ्दो

चितवन, २२ चैत– चितवनको रत्ननगर क्षेत्रमा अझै ४२९ जना बाल श्रमिक भेटिएका छन् ।

सन् २०१७ भित्र रत्ननगर नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्यसहित यहाँ गरिएको सर्वेक्षणमा यस्तो पाइएको रत्ननगर उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

जसका कारण नगरलाई सन् २०१७ भित्र बालश्रममुक्त र सन् २०१९ भित्र बालमैत्री नगर बनाउन चुनौती देखिएको छ ।

बाल संरक्षण र बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको रत्ननगर उद्योग वाणिज्य सङ्घले केही महिनादेखि यहाँ सर्वे गरेको हो । रत्ननगरमा यसअघि ५८४ जना श्रमिक बालबालिका थिए । यहाँ श्रम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिएकाले हाल १५६ जना मात्रै बाल श्रमिक घटेको पाइएको छ ।

रत्ननगर उद्योग वाणिज्य सङ्घका सल्लाहाकार कपिलदेव सुवेदीका अनुसार कुल श्रमिक बालबालिकामध्ये ५६ दशमलव ६ प्रतिशत अर्थात् २३० जना बालबालिका चितवन स्थायी घर भएका छन् भने १० प्रतिशत अर्थात् ४३ जना रत्ननगर नै स्थायी घर भएका छन् । अरु मकवानपुर, धादिङ, गोरखा र भारतका श्रमिक भेटिएका छन् ।

तीमध्य सबैभन्दा धेरै घरायसी श्रममा बालबालिका पाइएको तथ्याङ्कमा उल्लेख छ । उनीहरुले मासिक एक हजारदेखि १० हजारसम्म तलब खाने गरेको अध्ययनले देखाएको छ । एक घन्टादेखि १४ घन्टासम्म उनीहरुले श्रम गर्न बाध्य छन् ।

रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकालले बालश्रमिक राख्नु गैरकानुनी रहेको उल्लेख गर्दै समुन्नत समाज निर्माणका लागि सबैको हातेमालो जरुरी रहेको बताए ।

कानुनअनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा तथा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई निकृष्ट काममा लगाउन पाइँदैन ।

सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले सार्वजनिक गरिएको तथ्याङ्कले बालबालिकको क्षेत्रमा भावी कार्ययोजना बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्