
जनकपुरधाम - जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई पक्राउ गरिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका छन् ।
मंगलवार साँझ जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीतादेवी मिश्र र २ नम्बर प्रदेश सभा सदस्य सुरीता साहले अहिले वडा नम्बर ७ मा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।
पक्राउ परेका साहलाई रिहाई नगरिए बुधवार विमानस्थलमा रहेको भोलि बुद्ध एयरको काउन्टर बन्द गर्ने र अनिश्चितकालीन धनुषा बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन् ।