
काठमाडौँ –अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूत क्रमशः महेशराजा दाहाल र दावाफुटी शेर्पाले मंगलवार पद तथा गोपनियताको शपथ लिएका छन् ।
मंगलवार राजदूतद्वयले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतलनिवासमा सपथ लिएका हुन् ।
सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत अन्य विशिष्ट व्याक्ति उपस्थित थिए ।