२३ जेठ २०८३, शनिबार

गुणस्तर परीक्षण गर्न लगिएको एक करोडको सुन विभागबाटै गायव

असोज २९, २०७६
गुणस्तर परीक्षण गर्न लगिएको एक करोडको सुन विभागबाटै गायव

गुणस्तर परीक्षण गर्न संकलन गरिएको झण्डै एक करोड रुपैयाँको सुन गायव भएको छ । 

सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन बाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना बिभागबाटै गायब भएको हो । 

सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो । 

संकलन गरिएका नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् । कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्