
काठमाडौं – लोखर्केको एक प्रजाति मार्मोटलाई फ्याउरोले आक्रमण गर्न लाग्दा ऊ आत्तिएको दृश्य कैद भएको तस्वीरले यस वर्षको वाइल्डलाइफ फोटोग्राफी अफ द ईयर पुरस्कार हात पारेको छ ।
तिब्बतका योङकिङ बाओले चीनको किलियन माउन्टेन्स नेसनल नेचर रिजर्भको चरनमा यो तस्वीर खिचेका हुन् । शिकारी र शिकारबीचको जम्काभेटको सेकेन्डभरको तस्वीरलाई द मोमेन्ट नाम दिइएको थियो ।
उक्त पुरस्कारका लागि १०० वटा देशबाट ४८ हजारवटा फोटो पठाइएका थिए ।
मार्मोटले फ्याउरोलाई बिहानै देखेको थियो तर खतरा हट्यो होला भनी ऊ आफ्नो दूलोबाट निस्केको थियो ।
पुरस्कार समितिका अध्यक्ष रोज किडम्यान कक्सले यो ठ्याक्क समयमा लिइएको शट भएको बताउँदै दुवै जनावरको हाउभाउमा देखिएको सघनताले दर्शकलाई मन्त्रमुग्ध बनाउने बताए ।
निर्णायकहरूले यो हास्य र त्रासदीको शक्तिशाली क्षण भएको बताए । पछि त्यो फ्याउरोले मार्मोटलाई मारेर खायो ।
अन्य तस्वीरहरू हेर्नुस् :













