२८ असार २०८३, आइतबार

धार्मिक पर्यटनको सम्भावना राम्रो : नेपाल

धार्मिक पर्यटनको सम्भावना राम्रो : नेपाल

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर विकासमा जोड दिनुपर्ने बताएका छन् ।  

पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज (बुधवार) आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि संसारको अनुभव लिएर अगाडि बढनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको विकासले समग्र देशको विकासमा प्रभाव पार्ने हुँदा यसको विकासका लागि लगानी वृद्धि गर्नुपर्ने बताए। 

काठमाडौँको भृकुटीमण्डपमा जारी चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले जलविद्युत् क्षेत्रको विकासमा गरिने लगानीले दीर्घकालमा राम्रो प्रतिफल प्राप्त हुने बताउँदै प्राकृतिक सौन्दर्य, पर्वतारोहणका क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटनको अभिवृद्धि गर्न सकिने हुँदा त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए।

धार्मिक पर्यटनको पनि राम्रो सम्भावना रहेकाले धार्मिक सम्पदाको संरक्षण गर्नुपर्ने उनको भनाइ थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्