२४ असार २०८३, बुधबार

गैरआवासीय सङ्घमा ४२ पदमा ७६ को उम्मेदवारी, मतगणना बिहीबार

गैरआवासीय सङ्घमा ४२ पदमा ७६ को उम्मेदवारी, मतगणना बिहीबार

गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए । 

    मङ्गलबार साँझदेखि आज अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छ्न । 
यसैबीच आजदेखि हुने भनिएको मतगणना भोटिङ मेसिनमा आएको खराबीका कारण भोलिसम्मका लागि स्थगित भएको छ । भोलि १० बजेदेखि मतपत्रबाटै मतदान हुनेछ । 

निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । 

    ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।  बिहीबारसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने कार्यक्रम रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्