
काठमाडौं – बिरुवाले पहिलोपटक सेल्फी लिएको जूलोजिकल सोसायटी अफ लन्डनले जनाएको छ ।
फर्न नामक बिरुवालाई पिट नाम दिइएको थियो र त्यसलाई फोटो खिच्न लगाइएको थियो । उसले आफूले उत्पन्न गरेको ऊर्जा उपयोग गरेर प्रत्येक २० सेकेन्डमा आफ्नो फोटो खिचेको थियो ।
छायाँमा बस्न रुचाउने बिरुवाहरूले आफ्ना कोशिकामार्फत ससाना ऊर्जाहरू उत्पन्न गर्ने क्षमता देखाएकाले त्यसमा वन्यजन्तुहरूको निगरानीमा क्रान्ति ल्याउने बताएका छन् ।
यस प्रविधिले वैज्ञानिकहरूलाई दुर्गम जंगलहरूका बारेमा थप जानकारी दिनेछ ।
यस परीक्षणको अन्तिम लक्ष्य जंगलमा क्यामरा र सेन्सरहरूलाई ऊर्जा दिनु हो ।
यसै वर्षको आरम्भमा वैज्ञानिकहरूले लन्डन जूको रेनफरेस्ट लाइफमा बिरुवामा माइक्रोबियल फ्युल सेलहरू जडान गरे जसले बिरुवालाई आफ्नै तस्वीर खिच्ने शक्ति दिन्छ ।
माइक्रोबियल फ्युल सेल भनेको त्यस्तो डिभाइस हो जसले रासायनिक ऊर्जालाई माइक्रोअर्गानिजमको गतिविधिमार्फत विद्युतीय ऊर्जामा परिणत गर्छ । यस्तो माइक्रोअर्गानिजम माटोमा भेटिएको हो ।
बीबीसीबाट