
सप्तरी – जिल्लाको सुरुङ्गा नगरपालिका–३ विषहरियाका १९ वर्षीय फुल्चनकुमार मण्डलको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका २ जनालाई बिहीवार पक्राउ गरेको छ ।
हत्यापछि फरार रहेका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई २ वर्ष ४ महिनापछि पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।
मृतककी आमा हन्सीदेवी मण्डल खत्वेको उजुरीका आधारमा उनीहरूलाई घरबाटै पक्राउ गरिएको हो । अन्य आरोपित सोही ठाउँका ४४ वर्षीय जोगेन्द्र सदा, २४ वर्षीय अर्जुन सदा, २३ वर्षीय प्रदीप सदा र २२ वर्षीय अजित सदा फरार छन् ।
आरोपितमाथि सुनियोजित तरिकाले २०७४ असार ७ गते रक्सीमा विषादी मिसाएर खुवाई फुल्चनको हत्या गरेको आरोप छ ।