०३ असार २०८३, बुधबार

सांसद साहका सम्बन्धमा थुनछेक बहस शुरू, आजै आदेश आउने !

कात्तिक १, २०७६
सांसद साहका सम्बन्धमा थुनछेक बहस शुरू, आजै आदेश आउने !

जनकपुरधाम– जनकपुर विमानस्थल तोडफोडको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहविरुद्धको रिटमा थुनछेक बहस शुरू भएको छ ।

मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका साहका सम्बन्धमा जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासमा शुक्रवार थुनछेक बहस भइरहेको हो ।

बहस सकिएर आजै अपराह्नसम्ममा आदेश आउने सम्भावना रहेको जिल्ला अदालत धनुषाका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले लोकान्तरलाई जानकारी दिए ।

साधारण तारेखमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक आदेश अदालतबाट हुनेछ ।

सांसद साह विमान उडानमा ढिलाइ भएको भन्दै सोमवार जनकपुर विमानस्थलको भीआईपी कक्ष र विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड  गरेको आरोपमा पक्राउ परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्