३१ जेठ २०८३, आइतबार

साढे ८ करोड जरिवानासहित जेल चलान

कात्तिक १, २०७६
साढे ८ करोड जरिवानासहित जेल चलान

अदालतले दोषी ठहर गरेपछि फरार रहेका सूर्यविनायक नगरपालिका–९ नलिन्चोकका प्रकाशराज खत्रीलाई आज नलिन्चोकबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुरले नख्खु जेल चलान गरेको छ ।

    बैंकिङ कसुरसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरी तीन वर्ष कैद र रु आठ करोड ५० लाख जरिवानाको फैसला सुनाएपछि फरार रहेका खत्रीलाई आज महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको थियो । पक्राउ परेका खत्रीलाई आजै नख्खु जेल चलान गरेको जिल्ला अदालत भक्तपुरका सूचना अधिकृत एवं तहसिलदार सघन अधिकारीले जानकारी दिनुभयो । 

    नेपाल राष्ट्र बैंकले जाहेरी दिएको मृुद्दामा २०७१ साल वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेपछि फरार रहेका खत्रीलाई प्रहरीले पाँच वर्ष छ महिनामा पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले खत्रीले जरिवानाबापतको रकम नबुझाएपछि अदालतले जरिवानाबापत १० वर्ष कैद सजाय थप गरी कूल १३ वर्ष कैद भुक्तान गर्नेगरी कारागार चलान गरिएको जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्