०५ असार २०८३, शुक्रबार

दशैंको बेला उपत्यकामा सवारी दुर्घटनामा १० जनाको मृत्यु

कात्तिक २, २०७६
दशैंको बेला उपत्यकामा सवारी दुर्घटनामा १० जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

काठमाडौं – काठमाडौं उपत्यकाभित्र यस वर्षको दशैंमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका हुन् । १४ गम्भीर घाइते र ३०४ सामान्य घाइते भएका छन् ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले तीव्रगति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको बताए । गत वर्षको दशैंको समयमा २८५ सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका थिए भने ८ गम्भीर घाइते तथा २०२ सामान्य घाइते भएका थिए ।

महाशाखाले यस वर्षको दशैंको समयमा ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ९११ सवारी साधनलाई कारवाही गरेको छ । गत वर्षको दशैंमा ५ हजार सवारी साधनलाई नियम उल्लंघन गरिएको भन्दै कारवाही गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्