१५ असार २०८३, सोमबार

डोटीमा बस दुर्घटना : ११ जना घाइते, ६ गम्भीर

कात्तिक २, २०७६
डोटीमा बस दुर्घटना : ११ जना घाइते, ६ गम्भीर

धनगढी – डोटीको जोरायल गाउँपालिका–२ गरुडमा शनिवार बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ आइरहेको ना४ख ८२३५ नम्बरको  बस दुर्घटनामा परेको हो ।

घाइते ११ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीलाई सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय डोटीको प्रहरी उपरीक्षक दिलिप देउवाले जानकारी दिए ।

घाइतेको उपचारको लागि कैलालीको अत्तरियास्थित पदमा अस्पताल पुर्‍याएको प्रहरी उपरीक्षक देउवाले बताए । घाइतेको उद्धारसँगै घटनाबारे अनुसन्धान पनि थालिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्