०८ असार २०८३, सोमबार

दाङमा करेन्ट लागेर एकको मृत्यु

कात्तिक २, २०७६
दाङमा करेन्ट लागेर एकको मृत्यु
प्रतीकात्मक तस्वीर

दाङ - करेन्ट लागेर शनिवार दाङमा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरकाअनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ४७ वर्षीय टिकाराम भण्डारी रहेका छन् ।

आफ्नै घरमा मोटर लगाएर कुवाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा भण्डारी गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्