०२ असार २०८३, मंगलबार

पैया गुड्न लाग्या, बम्बै जान्या रेलगाडीका........

कात्तिक २, २०७६
पैया गुड्न लाग्या, बम्बै जान्या रेलगाडीका........

भीमदत्तनगर । कला संस्कृति संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले आज कञ्चनपुरको भीमदत्तनगरमा ‘हमरा गीत’ विशेष साँझमार्फत यहाँका पुराना देउडा भाका पस्किए । 

    “पैया गुड्न लाग्या, बम्बै जान्या रेलगाडीका पैया गुडन लाग्या”
    “अब छुटन लाग्या पहाडका डाँडा काँडा अब छुटन लाग्या” 

    यही देउडा गीतबाट निकै ख्याति कमाएका देउडा गायक भट्टले यहाँका लोकसंस्कृति र कला संस्कृतको जर्गेनाका लागि भन्दै विशेष साँझको आयोजना गरिएको बताए । 

लायन्स क्लब र गुरुभूमि फाउन्डेशनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा उनले देउडाका पुराना भाका पस्किए । उनलाई गायक नवराज कलौनी र स्थानीय कलाकारहरुले समेत साथ दिएका थिए । कार्यक्रममा  वृद्धवद्धाको बाक्लो उपस्थिति थियो ।

गायक भट्टका बम्बै जान्या रेल गाडीका पैया गुडन लाग्या, लैजा बुदी लालपिछौडी बौरानी ओडली, का जान्छै बगन्या पानी कैको माया मानी, हिट साली किरमडा खाइजाऔँ जौपात, दुत्या दशैँ तसै गया, काटु कटालैको सेरो र धोका रैछ मायाजाललगायत देउडा गीतबाट सहभागीले भरपुर मनोरञ्जन लिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्