
काठमाडौं –हलिउड अभिनेत्री जेनिफर एनिस्टनले सामाजिक सञ्जाल इन्स्टाग्राममा गरेको डेब्यूले नयाँ रेकर्ड कायम गरेको छ ।
पहिलो पोस्ट गरेको उनको सन्देश पाँच घन्टा १६ मिनेटमा १० लाख फलोअर्सले पछ्याएपछि गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्न सफल भएको छ ।
जेनिफरको पहिलो पोस्टमा उनका अरू साथीहरूलाई पनि देख्न सकिन्छ । यसमा लिजा कुद्रो, कार्टनी कान्क्स, मैट लेब्लान्के, मैथ्यु पेरी र डेबिट स्किब्मर छन् ।
लामो समयदेखि सामाजिक सञ्जालदेखि टाढीएकी जेनिफरले बुधवार इन्स्टाग्राममा पहिलो पोस्ट गरेकी थिइन् । उनको पेजमा अत्याधिक फलोअर्स भएपछि केही समय एकाउन्ट नचल्ने भएको थियो ।
जेनिफरले अर्को सन्देश पोस्ट गरेकी छन्, जसमा उनको सिरिज ‘दी मर्निङ शो’को एक दृश्य रहेको छ । यसमा उनी फ्रस्टेसनमा आएर आफ्नो फोन फ्याँक्दै गरेको देखिएकी छन् ।
अहिले उनका फलोअर्स एक करोड १८ लाख भन्दा बढी पुगिसकेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।