२९ असार २०८३, सोमबार

रौतहट नरसंहार : म्याद थपका लागि सांसद आलमलाई अदालतमा पेश गरिँदै

कात्तिक ३, २०७६
रौतहट नरसंहार : म्याद थपका लागि सांसद आलमलाई अदालतमा पेश गरिँदै
फाइल फोटो

काठमाडौं – चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफ्ताब आलमलाई म्याद थपका लागि जिल्ला अदालत रौतहटमा पेश गरिँदैछ । 

अदालतले यसअघि दिएको ७ दिनको म्याद सकिएपछि पुन: म्याद थपका लागि अदालतमा पेश गर्न लागिएको हो ।

आलममाथि २ नेपालीसहित २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप छ ।

२०६४ साल चैत २८ को संविधान सभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा भएको घटनाको अनुसन्धानका लागि सांसद आलम गत आइतवार रौतहटबाट पक्राउ परेका हुन् ।

आलमसँग जिल्ला सरकारी  वकिलको कार्यालयमा आजै बयान लिने तयारी पनि छ ।

मन्त्रीसमेत भइसकेका आलमले सत्ता, शक्ति र पैसाको आडमा अहिलेसम्म उन्मुक्ति पाउँदै आएको आरोप पीडितको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका आलम रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

 

salt training

कमेन्ट गर्नुहोस्