
एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फिल्म कलाकारप्रतिको लगाव लुकेको छैन । मोदीले भलै फिल्म हेर्न भ्याउँदैनन् तर बेलाबेला बलिउड र टीभी कलाकारहरूसँग भेटिरहेका हुन्छन् ।
केही दिन पहिले मोदीले करण जोहर, आलिया भट्ट, सिद्धार्थ कपूरलगातका कलाकारसँग भेटेको सेल्फी भाइरल भएको थियो ।
शनिवार पनि भारतीय प्रधानमन्त्री मोदीले फिल्म तथा टीभी कलाकारहरूबीच भेट भएको छ ।
मोदीले आज शाहरुख खान, आमिर खान, कंगना रनावत, सोनम कपूर, एकता कपूर, कपिल शर्मालगायतलाई भेटेका हुन् । अवसर थियो- महात्मा गान्धीको १५० औं जन्मजयन्ती ।
यस अवसरमा कलाकारहरूले मोदीसँग सेल्फी पनि खिचे ।
Thank u @narendramodi for hosting us & having such an open discussion on #ChangeWithin & the role artistes can play in spreading awareness of the msgs of The Mahatma. Also the idea of a University of Cinema is extremely opportune! pic.twitter.com/kWRbNk3xzo
— Shah Rukh Khan (@iamsrk) October 19, 2019