
काठमाडौं – सिजीले “सि.जीसँग उत्साह उमंग थाइल्याण्ड जाउँ परिवारसँग” नामक स्किमको पहिलो चरणको लक्की–ड्र सम्पन्न भएको छ ।
कम्पनीको आधिकारीक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरि यसको सम्पन्न गरिएको हो ।
भाद्र २० गते देखि लागु गरीएको यो योजनामा सि.जि ब्राण्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक उपहारहरु राखीएको थियो ।
असोज १६ गते गरिएको लक्की–ड्रमा सुनसरी खनारका भरत साह र गोदावरीका कुमार लामाले थाइल्याण्ड जाने अवसर प्राप्त गरेका छन् ।
कम्पनीका अनुसार यो योजना सिमीत अवधिको लागि बाँकी रहेको र साथै अन्य धेरै आकर्षक उपहारहरु पनि बांकी रहेकोे छ ।