२४ असार २०८३, बुधबार

उपनिर्वाचनको तयारीमा राप्रपा

कात्तिक ४, २०७६
उपनिर्वाचनको तयारीमा राप्रपा

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिहरुलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार गर्न निर्देशन दिएको पार्टीले जनाएको छ ।

बैठकमा विभागीय प्रमुखले आ–आफ्नो विभागको प्रगति विवरण प्रस्तुत गरेका थिए।

राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न हुन बाँकी रहेका जिल्लामा तिहारको लगत्तै यात्रा प्रारम्भ गर्ने निर्णय गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सबै प्रदेशमा सङ्गठन सुदृढीकरणका लागि छिट्टै प्रशिक्षण तथा कार्यकर्ता भेला गर्ने केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए।
 

salt training

कमेन्ट गर्नुहोस्